११ श्रावण २०८३, सोमबार

सांसद सुनिल शर्माविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । महान्यायाधिवक्ताको कार्यलयले नेपाली काँग्रेसका सांसद सुनिल शर्माविरूद्व मुद्वा चलाउने निर्णय गरेको छ ।

शैक्षिक प्रमाणपत्र कीर्तेको आरोप लागेका शर्माविरूद्व मुद्वा नचलाउने निर्णय भएको हो । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले जिल्ला र उच्च सरकारी वकिल कार्यालयले गरेको निर्णय सदर गर्नुभएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत वर्ष शर्मालाई पक्राउ गरेको थियो । तर अदालतले उहाँलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो ।