३१ असार २०८३, बुधबार

तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । तीनवटा प्रदेशमा नयाँ प्रमुख प्रमुख नियुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बागमती, लुम्बिी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त हुनुभएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरिएको शीतल निवासले जनाएको छ।

बाग्मतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशी प्रदेश प्रमुख नियुक्त हुनुभएको हो ।

यसअघिका बाग्मतीका यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियार हटाइनु भएको हो ।