२४ जेष्ठ २०८३, आइतबार

राष्ट्रपतिले तोके सिग्देललाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापति

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले अशोकराज सिग्देललाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोक्नु भएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले भदौ २५ गतेदेखि लागू हुने गरी सिग्देललाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोक्न सिफारिस गरेको थियो।

प्रधानसेनापति प्रभुराम शर्मा अवकासमा जान लाग्नुभएकाले सिग्देललाई कायममुकायम प्रधानसेनापति तोकिएको हो । शर्माले साउन २४ गते कमान्ड हस्तान्तरण गर्ने तयारी गर्नुभएको छ ।

‘प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त भई अनिवार्य अवकाश पाउने र साउनको २५ गतेदेखि घर बिदामा बस्ने भएकाले ज्येष्ठताक्रममा रहेका बलाधिकृत रथी अशोकराज सिग्देललाई कामयमुकायम प्रधानसेनापति तोकिएको छ’, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।