
काठमाडौं, १६ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेडको सञ्चालक समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १४ (३) बमोजिम उमेशकुमार आचार्यलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।
करिब २० वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताउनुभएका आचार्यले तत्कालीन कामना विकास बैंकसहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्नुभएको थियो ।
नेपालमा एक बैंकिङ विज्ञको रूपमा परिचित उहाँ विभिन्न निकायहरूमा नीतिगत परामर्शदाताको रूपमासमेत काम गर्दै आउनुभएको छ ।
बैंकले ‘नेपालमै टिक्न, सजिलो छ’भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको जनाएको छ ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागि ९८०१११००२२, कर्जा सेवाको लागि ९८०१११००२३) आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।








प्रतिक्रिया