२४ जेष्ठ २०८३, आइतबार

नेप्से ६४ दशमलव २६ अंकले बढ्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । साताको अन्तिम कारोवार दिन आज नेप्से बढेको छ । आज नेप्से परिसूचक ६४ दशमलव २६ अंकले बढेर २७६० दशमलव ९१ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज ३३२ कम्पनीको २ लाख ३८ हजार २ सय ७२ पटकको कारोबारमा ५ करोड ९६ लाख ७ हजार ९ सय ५१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१ रुपैयाँ रहेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, फाइनान्स, होटल, विकास बैंक, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ ।

यस्तै, ११ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । त्यस्तै, आज १९१ कम्पनीको सेयर भ्यालु बढेको छ भने ४४ वटा को घटेको छ ।