
काठमाडौं, १६ साउन । सभामुख देवराज घिमिरेले छिटो भन्दा छिटो विधेयकहरुलाई पारित गरेर सदनमा लैजान निर्देशन दिनु भएको छ ।
आज सिंहदरबारमा भएको सभामुख र समिति सभापतिबीचको छलफलमा सभामुखले समितिलाई प्रभावकारी बनाउन र छिटोभन्दा छिटो विधेयकहरु पारित गर्न निर्देशन दिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति अब्दुलखानले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सबैले आफ्नो समितिको रिपोर्टहरु पनि सभामुखलाई बुझाएको छ र सभामुखले आफ्नो समितिलाई अझ प्रभावकारी बनाउनको लागि बैठक बस्ने व्यवस्था गर्नु र छिटो भन्दा छिटो विधेयकहरुलाई पारित गरेर सदनसम्म पु¥याउ भन्ने निर्देशन दिनु भएको छ ।’
यस्तै, उहाँले छलफलमा आर्थिक समस्याको कुरा पनि उठेको भन्दै सभामुखले पहिलो वर्षभन्दा यसपालि रकम बढेको हुनाले त्यस्तो समस्या नआउने जानकारी दिएको बताउनुभयो ।
छलफलमा लगातार संसदको बैठक बसेपछि समितिको बैठक बस्न गा¥हो हुने हुदाँ एकदिन सदनको बैठक र अर्को दिन समिति राख्ने भन्ने सुझावपनि आएको उहाँको भनाई छ ।








प्रतिक्रिया