
काठमाडौं, १६ साउन । गायक पुष्पन प्रधानको आवाज रहेको ‘छुट्टाइ दियौ’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बुद्धि तामाङ र बेदना खेरेसुङ्गमा राईको अभिनय रहेको छ ।
रीमा श्रेष्ठको शब्द रहेको गीतको संगीत गायक पुष्पन प्रधानले गर्नुभएको छ भने संगीत संयोजन, मिक्सिङ/मास्टरिङ जोनी योञ्जन तामाङले गर्नुभएको छ ।
केही फरक शैलीमा प्रस्तुत गरिएको गीतको भिडिओमा आफूले माया गरेको मान्छेलाई समयमा उपचार गराउन नपाएर आफ्नो मान्छेलाई गुमाउँदाको पीडा देखाइएको छ ।
भिडिओलाई सोनाम पाख्रिनले निर्देशन गर्नुभएको छ । दिनेश पराजुलीको छायांकन रहेको गीतमा विकास दाहालको सम्पादन रहेको छ ।
आम दर्शक तथा श्रोताको चाहना अनुरुपको गीत बनेकोले यो गीत मन पराउनेमा आफू आशावादी रहेको निर्माता कुशल गुरुङले बताउनुभयो । हाल अमेरिकामा बसोबास गरिरहनुभएका गुरुङले यसअघि पनि ‘अधुरो सपना’ ‘अधुरो सपना-२’ सार्वजनिक गर्नुभएको थियो ।








प्रतिक्रिया