१५ असार २०८३, सोमबार

नेपाल लाइफको तीन दिवसीय लिडरसीप एक्सिलेन्स अवार्ड सम्पन्न

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरसीप एक्सिलेन्स अवार्ड भव्यतापूर्वक सम्पन्न भएको छ । भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम “हकवर्षः फ्लाई हाई, एमहायर” नाराका साथ सम्पन्न भएको हो ।

कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसायगर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा भर्चुवल्ली बोल्दै सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले आव २०८०/८१ मा गर्नु भएको आउटस्ट्यान्डिङ पफर्मेन्सका लागि व्यक्तिगत र सञ्चालक समितिको तर्फबाट सम्पूर्ण अभिकर्ता र कर्मचारीहरुलाई बधाई तथा धन्यवाद प्रकट गर्नुभयो । समग्र क्षेत्रमा प्रतिकूल आर्थिक परिदृष्य विद्यमान रहँदा रहँदै पनि आफ्नो अथक मेहनत, टिम वर्क, लगनशिलता र सकारात्मक प्रयासबाट आर्थिक वर्ष २०८०/८१ मा नेपालको सबैभन्दा ठूलो र सर्वाधिक विश्वासिलो कम्पनीको ताजलाई निरन्तर रुपमा कायम राख्न र आफ्नो मार्केट शेयरलाई थप वृद्धि गर्न सफल भएकोमा बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै सञ्चालक विमलप्रसाद ढकालले गत आवमा गरेको उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ताहरु तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । आर्थिक मन्दीकाबीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको बताउनुभयो । लगानीको सुनिश्चितता, लगानीको प्रतिफलको सुनिश्चितता र लगानीको स्वच्छतालाई मध्यनजर गर्दै कम्पनी लगानी विविधिकरण तर्फ अग्रसर रहेको उहाँले बताउनुभयो । कम्पनीसँग जोडिएर बीमाको पहुँचलाई गाउँघरमा पुर्‍याउन अहोरात्र खट्ने बीमा अभिकर्ताहरूको जीवनस्तरमा वृद्धि भएको र अबको समय भनेको पुस्तान्तरणको रहेको कुरासमेत बताउनुभयो । आफूमा भएको सीप, अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सके बीमाको पहुँच अभिवृद्धि हुने उहाँले बताउनुभयो । अहिलेको वर्तमान अवस्थामा नयाँ जोश, नयाँ जाँगर र प्रवृधिसँगको सामिप्यताले नयाँ पुस्तालाई बीमाको बजारीकरण गर्न झन् सहज हुने बताउनुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरुलाई गत आवको कार्य सम्पादनको लागि धन्यवाद र चालु आवको व्यापार लक्ष्य पूरा गर्न सुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गर्नुभएको थियो । गत आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८१/८२मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराउनुभएको थियो ।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको र उहाँहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेकोसमेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै कम्पनीका नेसनल सेल्सहेड उमापति पोखरेलले २०८०/८१ को व्यावसायिक लक्ष्य प्राप्तिमा सहयोग गर्ने सम्पूर्ण अभिकर्ता, सेल्स टिमहरू तथा समस्त कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । गतवर्ष कम्पनीले कम्पनीलाई थप सबल बनाउन संरचनात्मक परिवर्तनहरू गरेको र यसले सेवाप्रवाह थप चुस्त दुरुस्त भएको र यसले व्यवसाय गर्न सहज भएको बताउनुभयो । यसको अधिकतम प्रयोग गर्दै व्यवसायलाई थप उचाइमा पुर्‍याउन अहोरात्र खट्नका निम्ति सबैलाई आग्रह गर्नुभयो । कम्पनीले लिएको लक्ष्य प्राप्तिमा सबैको साथ सहयोग रहनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्तालाई मुरीमुरी धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा बढी अब्बल र सक्षम अभिकर्ता रहेको र यस दौरानमा सिकिएको सिप र अनुभवलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्दै बीमाको पहुँचलाई अभिवृद्धि गर्न तयार रहेको बताउनुभयो ।

अभिकर्ताको चौतर्फी विकासका निम्ति नेपाल सरकार अर्थमन्त्रालय नियमनकारी निकाय संवेदनशीलसमेत हुनुपर्ने विचार व्यक्त गर्नुभयो । अभिकर्ताले प्राप्तगर्ने सेवा सुविधा तथा सरकारले अभिकर्ता प्रतिगर्ने व्यवहारमा सुधार गर्न सके बीमा क्षेत्रमा चाँडो नै फड्को मार्न सकिने र त्यो संरचना तयार भइसकेकोसमेत बताउनुभयो । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन अभिकर्ताको भूमिका अतुलनीय रहेको र यसको गम्भीर्यतालाई मनन गर्दै नीति निर्माण गर्नका निम्ति उहाँले सरोकारवालाहरुसँग आग्रह गर्नुभयो ।

विशेष समारोहमा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले गत आवको लक्ष्य प्राप्ति गर्न सहयोग गर्ने सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरुलाई अन्तर मनदेखि धन्यवाद ज्ञापन गर्नुभयो । आगामी वर्षको लक्ष्य प्राप्ति गर्नका निम्ति अहिलेको अभिकर्ता टिम सक्षम रहेको र कम्पनीले लिएको टार्गेटलाई एचिभ गर्न दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कम्पनीले लगानी विविधिकरणको क्षेत्रमा विभिन्न काम गर्दै आएको र गर्ने अठोट देख्न पाउँदा मन प्रफुल्लित भएको बताउनुभयो । कम्पनीले सूचना प्रविधिमा ल्याएको विकासले सेवा प्रवाहमा सुधार आएको र यसले गर्दा अभिकर्ताहरूलाई काम गर्न सहज भएको र यस पहलकदमीको उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगतकोड तर्फबाट उत्कृष्ट १४१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै ३० जनालाई सम्राट पदक, २२ जनालाई रत्नपदक र १३७ जनालाई समृद्धि पदकबाट पनि विभूषित गरिएको थियो ।

त्यस्तै, एजेन्सी मेनेजर तर्फबाट क्रमश: नेपाल प्रथम, द्वितीय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा, तथा व्यक्तिगत कोड तर्फबाट क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने खुशी भट्ट, भीमा पन्थी र अर्बिन राजवंशीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो।