
काठमाडौं, १६ साउन । डेडिकेटेड र ट्रंकलाइन विद्युतको बक्यौता नतिरेका ६ वटा उद्योगमा लाइन जोड्न नहुने अडान लिएका नेपाल विद्युत प्राधिकरणका दुईजना बोर्ड सदस्यसँग स्पष्टीकरण सोधिएको छ ।
उर्जा मन्त्रालयले कपिल आचार्य र भक्तबहादुर पुनलाई स्पष्टीकरण सोधेको हो । उहाँहरूले उद्योगबाट बक्यौता उठ्ने निश्चित नभएसम्म लाइन जोड्न नहुने अडान राख्नुभएको थियो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन काटिएका उद्योगमा लाइन जोड्न निर्देशन दिनु भएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको थियो । बैठकमा उहाँहरूले बक्यौता नउठेसम्म लाइन जोड्न नहुने अडान लिनुभएको हो ।
आचार्य र पुनलाई तीन दिने स्पष्टीकरण सोधिएको छ ।












प्रतिक्रिया