६ असार २०८३, शनिबार

क्षमता भन्दा बढी कैदीबन्दी राखेर मानव अधिकार उल्लङ्घन नगरौं : कृष्णगोपाल श्रेष्ठ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले क्षमता भन्दा बढी कैदीबन्दी राखेर मानव अधिकार हनन गर्ने काम भएको बताउनु भएको छ ।

बुधबार बसेको सुशासन समितिको बैठकमा बोल्दै उहाँले अहिलेको समयमा कैदीहरुको आफ्नो मानव अधिकार पूर्ण रूपमा पाउनुपर्ने भन्दै त्यसका लागि सबै कारागारको अवस्था बुझ्न जरुरी रहेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘एउटा बन्दीले के भन्यो भने एउटा खाटमा हामी तीन जना सुत्छौ मान्यज्यु ! तर यो समस्या सबै कारागारमा नहोला तर यो गम्भिर विषय चाहीँ हो । क्षमता भन्दा बढी कैदीबन्दी राख्नु यो मानव अधिकार हनन् जस्तै भयो त्यसैले सबैको लागि यो गम्भिर कुरा हो ।’

यस्तै उहाँले कैदीबन्दीका समस्या समाधान गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले सक्षम योग्य गृहमन्त्री मुलुकले पाएकोले चाँडै समस्या समाधान हुनेमा आशा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मुलुकले अहिले सक्षम र योग्य गृहमन्त्री पाएको छु । यो विषयमा टोटल सबै टिम बसेर यो समस्यालाई कसरी समाधान गर्ने भनेर केन्द्रित चाहीँ हुनै पर्यो, हाम्रो पाटोबाट तपाईंहरुलाई के सहयोग गर्नुपर्ने हो हामी गर्न तयार छौं। तर यो देशकै समस्या हो, आखिर कारागार चाहिन्छ नै यसलाई हामीले गम्भीरतापूर्वक लिनुपर्यो, खाना, मनोरञ्न भन्दा नि एउटा खाटमा एक जना मात्र कैदी सुत्ने व्यवस्था हुनुपर्यो ।’