
काठमाडौं, १६ साउन । प्रधानमन्त्री र मन्त्रीहरूको मृत्युको कामना गर्दै यमपूजा गर्दागर्दै पक्राउ पर्नुभएका पुष्कर खतिवडालाई रिहा गर्न माग गर्दै निवेदन परेको छ ।
खतिवडालाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको हो ।
खतिवडाको तर्फबाट आवास अधिकारीले निवेदन दर्ता गराउनु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले साउन १४ गते घरमै पूजा गर्दागर्दै नियुन्त्रणमा लिएको थियो ।








प्रतिक्रिया