७ असार २०८३, आइतबार

हमासका शीर्ष नेता हानिया इरानमा मारिए

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या भएको छ ।

हमासले एक विज्ञप्ति जारी गर्दै तेहरानस्थित हानियाको आवासमा एक आक्रमणमा मृत्यु भएको बताएको छ । यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । तर यस आक्रमणमा इजरायलको संलग्नता हुनसक्ने बताइएको छ ।

हमासकाअनुसार इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको उद्घाटन समारोहमा सहभागी हुन तेहरान पुग्नुभएका हानियालाई आवसमै आक्रमण गरिएको थियो ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)का अनुसार हानियासँगै उहाँका एक सुरक्षाकर्मी पनि मारिएका छन् । इरानको सरकारी मिडियाले पनि हानियाको मृत्यु भएको पुष्टि गरेको छ ।

इस्माइल हानिया हमासको राजनीतिक ब्यूरोका प्रमुख हुनुहुन्थ्यो भने उहाँ प्यालेस्टिनी प्राधिकरणको दशौं सरकारका प्रधानमन्त्री हुनुहुन्थो । हाल धेरै जसो कतारमा रहेर उहाँ अन्तर्राष्ट्रिय समुदायसँग वार्ता र छलफलमा सहभागिता देखिँदै आउनुभएको थियो