२२ जेष्ठ २०८३, शुक्रबार

पहिरोले कालीगण्डकी करिडोर बन्द

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १६ साउन । अविरल वर्षपछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मंगलबार साँझदेखि परेको वर्षाका पहिरो खसेको हो ।

करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो । वर्षा भइरहेको हुँदा सडक खुलाउन समस्या भएको उहाँले बताउनुभयो ।

दब्ल्याङमा करिडोर माथिको ठूलो क्षेत्र कमजोर भएकाले सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने गरेको छ ।