
काठमाडौं, १६ साउन । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्ने बताउनुभएको छ ।
परिवर्तन अभियान नेपालको प्रथम स्थापना दिवसका अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रममा उहाँले संविधानको सफल कार्यान्वयन गर्नका लागि कांग्रेस र नेकपा (एमाले)ले सरकारमा सहकार्य गरेको धारणा राख्नुभयो ।
नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाले लामो समयदेखिको अस्थिर राजनीतिलाई स्थिरता प्रदान गरी सरकारको स्थायित्व र विकासका काम गर्ने प्रतिबद्धतासहित सहकार्य भएकाले सरकारमाथि शंका गर्ने ठाउँ नरहेको जिकिर गर्नुभयो ।
कांग्रेस काठमाडौंका सभापति कृष्ण (सबुज) बानियाँले मुलुकको विकासका लागि वर्तमान गठबन्धन बनेकाले सोहीअनुसार काम गर्न आवश्यक रहेको बताउनुभयो ।









प्रतिक्रिया