२१ असार २०८३, आइतबार

श्रीलंकाविरुद्धको टी–२० सिरिज भारतद्वारा क्लिनस्विप

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । भारतले श्रीलंकाविरुद्धको टी–२० सिरिजको अन्तिम खेलमा सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ ।

मंगलबार राति सम्पन्न खेलमा भारतले दिएको १३८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो ।

यसअघि भारतले पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो ।

सुपर ओभरमा श्रीलंकाले केवल २ रन मात्र बनाएपछि भारतले पहिलो बलमा नै खेल जितेको थियो ।

योसँगै भारतले टी–२० सिरिज ३–० ले क्लिनस्विप गरेको छ । यसअघि सम्पन्न दुवै खेलमा भारतले जित हासिल गरेको थियो ।

श्रीलंका टुरमा रहेको भारतले अब आइतबारदेखि एकदिवसीय सिरिज खेल्ने छ ।