२७ असार २०८३, शनिबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर, युरो र कतारी रियालको विनिमय दर स्थिर हुँदा बेलायती पाउण्डको विनिमय दर सामान्य अंकमा बढेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा पुगेको छ ।

त्यसैगरी, युरो एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५६ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।