२२ जेष्ठ २०८३, शुक्रबार

साउन १५ को खीर खाने दिन : स्रष्टा भेटघाटमा प्रधानमन्त्री ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । कृषिप्रधान नेपाली संस्कृतिअनुरुप साउन १५ को खीर खाने दिनका अवसरमा आजप्रधानमन्त्री केपी शर्मा ओलीले करिब डेड घन्टा स्रष्टा—कलाकारसँग व्यतित गर्नुभएको छ ।

मंगलबार नेकपा (एमाले) को साहित्य, कलातथा संस्कृति विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित स्रष्टा भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्ना भूमीगतकालीन एक साथीको कृति लोकार्पण पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले साहित्यिक र प्राज्ञिकव् यक्तित्व तथा कलाकारहरुसँग खीर खाने कार्यक्रमहित हरेक साउन १५ गतेको भेटघाटको विगतको क्रमलाई निरन्तरता दिइएकामा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कवि नरेश शाक्यका कृतिहरु ‘एउटा नदीका आत्मकथ्य (कविता) र ‘जीवन अनेक घुम्तीहरुमा’ (संस्मरण) को लोकार्पण गर्नुभएको थियो । कवि शाक्य आफ्ना पुराना मित्र र जागरणका चेतयुक्त व्यक्तित्व भएकाले उहाँको रचनाबाट नयाँ पुस्ताले त्यस प्रकारको चेतना र जागरणको सन्देश पाउन सक्ने प्रधानमन्त्रीको भनाइ छ ।

आफूले भूमिगतकालमा कालीचरण नामबाट फुटकर रुपमा कविता लेखेको तर जहाँ लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्ने भएका कारण ती कविताहरु हाल सङ्कलनमा नरहेको पनि उहाँले सुनाउनुभयो ।

‘पञ्चायतकालमा हामी अनेक खालको सङ्घर्षमय जीवनमा थियौँ । सचेत मानव भएर बाँच्न गाह्रो हुने अर्थात् भेडो भन्दामाथिको चेतना हुन नपाइने खालको अवस्था थियो ।’ उहाँले भन्नुभयो,‘कवि नरेश शाक्य झापाली विचार समूहमा हामी निकट थियौँ । शाक्यले विकराल अवस्थाबाट गुज्रँदै सङ्घर्षमय जीवनमा होमिनुभयो । त्रासदीपूर्ण वातावरणको बीचमा हामीले जनतालाई जगाउनु परेको थियो । आज मुलुकमा नयाँ परिस्थितिको विकास भएको छ,’ ।