
काठमाडौं, १५ साउन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेस र एमालेको सम्बन्ध आयामिक सम्बन्ध रहेको बताउनु भएको छ ।
नेपाल निजामती कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा उहाँले राष्ट्रिय मुद्दामा, राष्ट्रलाई संकट परेको बेला ऐतिहासिक पविर्तनका क्षणमा कांग्रेस र कम्युनिष्टको सहकार्य हुने गरेको भन्दै कांग्रेस र एमालेको सम्बन्ध आयामिक रहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयोे,‘नेपाली कांग्रेससँग हाम्रो सम्बन्ध दुई आयामिक सम्बन्ध हो भन्ने कुरा बुझ्नुपर्छ । कतिपय राष्ट्रिय मुद्दामा, राष्ट्र संकटमा परेको बेलामा ऐतिहासिक परिवर्तनका क्षणमा कांग्रेस कम्युनिष्टको सहकार्य पनि हुने गरेको छ । तर हामी आम रुपमा राज्य सञ्चालनमा प्रतिस्पर्धा अरु राजनीतिक क्रियाकलापमा हाम्रो प्रतिस्पर्धा हुने गरेको छ । यो दुई आयामिक सम्बन्ध बुझेनौं भने हामी असन्तुलित हुन्छौं ।’
उहाँले एमालेबाट निर्देशित हुनकालागि राष्ट्रिय राजनीतिमा एमालेको दृष्किोणलाई ठिक ढंगले बुझ्न आवश्यक रहेको बताउनुभयो ।
यदी एमालेको राजनीतिलाई ठिक ढंगले बुझ्न नसकेमा दिशा बिहीन हुने उहाँको भनाई छ ।








प्रतिक्रिया