
काठमाडौं, १५ साउन । प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध निर्वाचित हुनु भएको छ ।
नेपाली कांग्रेसबाट समितिको सभापति रहेकी डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि खाली रहेको सो पदमा थापा निर्बिरोध निर्वाचित हुनु भएको हो ।
उहाँको प्रस्तावकमा वीरबहादुर वलायर र समर्थकमा सूर्यप्रसाद ढकाल रहनु भएको थियो । उहाँले सोमबार आफ्नो नाम दर्ता गर्नु भएको थियो । सभापतिका लागि उहाँको मात्रै उम्मेदवारी परेको थियो ।








प्रतिक्रिया