
हेटौंडा, १५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको मत प्राप्त गर्नु भएको छ ।
कूल ११० प्रदेशसभा सदस्यमा लामालाई कांग्रेस (३७) एमाले (२७) गरि ६४ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिनु भएको हो ।
बागमती सरकार टिकाउन ५६ प्रदेशसभा सदस्यको समर्थन भए पुग्ने अवस्थामा लामाले ६४ प्रदेशसभा सदस्यको साथ पाउनुभएको हो । प्रदेशसभाको बैठकमा उपस्थित कूल १०३ सदस्य मध्ये उहाँको विपक्षमा ३५ मत प्राप्त भएको छ भने ३ मत तटस्थमा परेको छ ।
बैठकमा ७ सांसद अनुपस्थित भए । लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत प्राप्त गरेका गर्नुभएको हो ।
लामा गत साउन ८ गते मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।







प्रतिक्रिया