१४ असार २०८३, आइतबार

संघीय लोकतान्त्रिक गणतन्त्रकालागि बोक्सी प्रथा ठूलो चुनौति हो : मन्त्री गुरुङ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र अग्नि दहनको पोस्टर सार्वजनिक गर्नु भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उहाँले साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास अग्नि दहनमा आधारित रहेर मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको चलचित्रको पोस्टर सार्वजनिक गर्नु भएको हो ।

सोही क्रममा उहाँले बोक्सी प्रथा संघीय लोकतान्त्रिक गणतन्त्रको लागि ठूलो चुनौतिको रुपमा रहिरहेको भन्दै राजनीतिक, आर्थिक क्रान्तिसँगै अब समाजमा सांस्कृतिक क्रान्तिको आवश्यकता पनि रहेको बताउनुभयो । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियानले सरकारले गर्नुपर्ने भन्दापनि महत्वपूर्ण काम गरिरहेको पनि उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘समाजको अग्रगतिका लागि सांस्कृतिक क्रान्ति जरुरी हुन्छ । नेपाली समाजमा बोक्सीको आरोपमा मारिएका, मरिरहेका, दिसा खुवाइएको कुटपिट गरेको घटना अझै पनि समाजमा छ । अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेका छौं, यसका लागि त्यो ठूलो चुनौति हो ।’

उहाँले बोक्सी प्रथासँगै हली, छोउपडी, हरुवाचरुवा लगायतका प्रथाहरु अहिले पनि रहेको भन्दै यस्ताप्रकारका समाजमा रहेको कुप्रथाहरुलाई अन्य गर्न सबै सचेत वर्गहरु लाग्नुपर्नेमा जोड दिनुभयो । सामाजिक सन्देश भएका यस्ता प्रकारका चलचित्रमा सरकारको पनि सहभागिता हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

अग्नि दहनमा कलाकारहरु प्रकाश घिमिरे, माओत्से गुरुङ, प्रमिला तुलाचन, तुलसी क्षेत्री, अनुपमा भण्डारी, ताराबहादुर गुरुङ, विष्णु बास्तोला लगायत रहनु भएको छ । चलचित्रको निर्देशन घनश्याम लामिछाने, सहायक निर्देशक परिच्छेद सेन र चन्द्र भण्डारीले गर्नुभएको छ ।चलचित्रको लेखन लोकमणि पौडेलको रहेको छ । चलचित्रमा छायाङ्कन दीर्घ गुरुङ, सम्पादन दीर्घ खड्का, प्रोडक्सन डिजाइनर सगर पाण्डेको रहेको छ ।