
काठमाडौं, १५ साउन । पशुपति मन्दिर परिसरमा आयोजित ‘कोटी होम’ मा सहभागी हुन आउनु भएकी देवी प्रतिभा भारत फर्किनु भएको छ । नेपालमा रहुञ्जेल उहाँ चर्चाको शिखरमा रहनुभयो ।
विशेषगरी उहाँ आफ्ना बडिगार्डका कारण चर्चामा रहनुभयो । उहाँले भारतबाटै आठजना बडिगार्ड लिएर नेपाल आउनु भएको थियो । जसले गर्दा उहाँको आलोचना भएको हो । देवी प्रतिभाले नेपालको सुरक्षा संयन्त्र हुँदा हुँदै तुजुक देखाउन बडिगार्डले घेरिएर आएको भन्दै टिप्पणी भइरहेको छ ।
यो विषयमा उहाँले आज भारत जाँदैगर्दा जवाफ दिनुभएको हो । उहाँले आफू जहाँ जाँदा पनि अत्यधिक भिड हुने भएकाले बडीगार्ड लैजानुपरेको जवाफ दिनुभयो । भारतमा आफूले ६/७० जनासम्म बडीगार्ड लिएर हिँडेको पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,’कथा वाचनको क्रममा म धेरै ठाउँमा पुग्छु । नेपाल, भारत र अन्य देशमा पनि । जहाँ पनि देवी प्रतिभाको कथामा एकदमै भिड हुन्छ । अहिले पशुपतिनाथमा पनि देखिरहनुभएको छ । भारतमा योभन्दा पनि डबल भिड हुने भएकाले पहिले नै सूचना गरिएको हुन्छ । म जहाँ जान्छु, त्यहाँ प्रहरी प्रशासन अलर्ट बस्छन् । यहाँ त १०/१२ जना देख्नुभयो । ६०/७० जनाको पनि रेकर्ड छ । नेपालकी छोरीको यस्तो रुतवा/जलवा देखेर गौरव गर्नुपर्ने विषय हो,’ ।












प्रतिक्रिया