
काठमाडौं, १५ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिष्ट विचार राख्नेहरू नेकपा एमालेतिर ध्रुवीकरण हुनुपर्ने बताउनुभएको छ ।
आज प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वामपन्थीहरूको बीचमा एकता अब सम्भव नरहेकाले कम्युनिष्ट विचार राख्नेहरू नेकपा एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू कांग्रेसतर्फ धुव्रीकरण हुन आवश्यक रहेको बताउनु भएको हो ।
“साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने गरेका छन् । मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएकोले कम्युनिस्टमा विचार राख्नेहरू एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू कांग्रेसतर्फ धुव्रीकरण हुन आवश्यक छ,” उहाँले भन्नुभयो ।
मुलुकको लोकतान्त्रिक मूल्य मान्यताको सवालमा कांग्रेस र एमाले विगतदेखि नै मिल्दै आएको उहाँले स्मरण गर्नुभयो ।








प्रतिक्रिया