२४ असार २०८३, बुधबार

कर प्रशासन पारदर्शी भए धेरै राजश्व उठाउन सकिन्छ : सभापति पौडेल

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । नेपाल उद्योग वाणिज्य महासंघ, कर तथा राजश्व समितिका सभापति अम्बिकाप्रसाद पौडेलले अडिटरको भाषा कर प्रशासकले बुझ्न नसक्दा बेरुजुको बिकराल अवस्था आउन लागेको बताउनुभएको छ ।

मंगलबार भक्तपुरमा आयोजित ‘करदाताका समस्या र सम्भावित समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै इन्भेष्टर्स फोरमका पूर्वअध्यक्षसमेत रहनुभएका सभापति पौडेलले कर प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाउन सके धेरैभन्दा धेरै राजश्व उठाउन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कर प्रशासन सुधार हुनु आवश्यक छ । नेपालको कर प्रशासनले कर निर्धारण गर्ने ठाउँमा सुधार गर्नुपर्छ । अडिटरको भाषा कर प्रशासकले केही हदसम्म नबुझेको हो कि ? कर प्रशासनलाई साच्चिकै व्यवस्थित र पारदर्शी बनाइ धेरैभन्दा धेरै राजश्व उठाउने हो भने कर प्रशासनमा, कर निर्धारणमा, कर पुनरावलोकनमा कानून र दकर बुझेको चार्टर्ड एकाउन्टेन्ट चाहिन्छ । कर लिने र दिनेबीच सन्तुलन कायम हुन नसक्दा बेरुजुको विकराल अवस्था आउन सक्ने देखिएको छ । कर प्रशासकले पनि अडिटरको भाषा नबुझ्दा झनै विकराल अवस्था आउन सक्छ ।’

करसम्बन्धी सरकारले बनाउने कानूनहरुमा भएका गल्तिहरुलाई सुधार गर्न फोरमहरुले दिएका सुझावहरुलाई कार्यान्वयन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले अघि भन्नुभयो, ‘करसम्बन्धी बनेका कानूनहरुमा निश्चय पनि गल्ति हुन्छन् नै । तर ति गल्तिहरुलाई सुधार गर्नका लागि यस्तै फोरमहरुबाट दिएका सुझावहरुलाई कार्यान्वयन गर्नुपर्दछ ।’