३१ जेष्ठ २०८३, आइतबार

मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओली

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो मन्त्री तथा सचिवहरूलाई महत्त्वपूर्ण निर्देशन दिनुहुनेभएको छ ।

गत आइतबार ६ घण्टा लामो छलफलपछि प्रधानमन्त्री ओलीले नागरिक सेवा प्रवाह र विकास कार्यलाई तीव्रता दिने उपायहरूबारे सचिवहरूसँग राय लिनुभएको थियो ।

बैठकमा सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वर्तमान अवस्था, सुधारको योजना, भावी कार्ययोजना, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानका उपायहरू प्रस्तुत गरेका थिए । निर्माण व्यवसायीको भुक्तानी समस्यादेखि संविधानसँग बाझिएका कानुनहरूको तत्काल संशोधनसम्मका विषयहरू पनि छलफलमा उठेको थियो ।

प्रधानमन्त्रीको सचिवालयकाअनुसार आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सबै सचिवहरूलाई बोलाइएको छ । बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै सचिवहरु सहभागी हुने जनाइएको छ ।