४ असार २०८३, बिहिबार

कामु प्रधानसेनापतिमा सिग्देल नियुक्त

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । सरकारले नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रधानसेनापति शर्माको कार्यकाल आगामी भदौ २४ गते सकिने हुनाले त्यो भन्दा एक महिना अगाडि साउन २५ देखि विदा बस्ने प्रचलन अनुसार सरकारले सिग्देललाई कामु प्रधानसेनापति नियुक्त गरेको हो ।