२५ असार २०८३, बिहिबार

१८ देशका लागि नयाँ राजदूत सिफारिस, कुन देशमा को ?

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ राजदूतका लागि सिफारिस गरेको हो । सिफारिसअनुसार भारतका लागि नेपाली राजदूतमा भने शंकर शर्मालाई नै निरन्तरता दिइएको छ।

यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई अमेरिका, पूर्वसचिव चन्द्र घिमिरेलाई बेलायतको लागि राजदूत सिफारिस गरिएको छ। बैठकले चीनका लागि कृष्णप्रसाद ओली, दक्षिण कोरियाका लागि पूर्वउपसभामुख समेत रहनुभएकी शिवमाया तुम्बाहाङफे राजदूतमा सिफारिस हुनुभएको छ ।

यसैगरी, मलेसियाका लागि डा. नेत्र तिमल्सिना, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, पाकिस्तानका लागि रिता धिताल, अस्ट्रेलियाका लागि कान्ता रिजाल, स्पेनका लागि सनिल नेपाल, बेलायतका लागि चन्द्रप्रसाद घिमिरे, जर्मनीका लागि शैल रुपाखेती, साउदी अरबका लागि नरेशविक्रम ढकाल, इजरायलका लागि धनप्रसाद पण्डित र दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ राजदूतमा सिफारिस हुनुभएको हो ।