७ असार २०८३, आइतबार

विश्व बैंकको १३ अर्ब ३३ करोड ऋण स्वीकार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । सरकारले विश्वबैंकबाट प्रादेशिकतथा स्थानीय सडक सुधार कार्यक्रमपहिलो चरण अन्तर्गत उपलब्धहुने सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ ।

बिहीबार बसेको मन्त्रपरिषद्को निर्णय सार्वजनिकगर्दै प्रवक्ता पृथ्वी सुब्बा गुरुङ्ले १३ अर्ब ३३ करोड नेपालीरुपैंयाँबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयोे,‘विश्व बैंकबाट प्रादेशिकतथा स्थानीय सडक सुधार कार्यक्रमपहिलो चरण अन्तर्गत उपलब्धहुने ७४.६ मिलियनअर्थात एक हजार मिलियन अमेरिकी डलर १३ अर्ब ३३ करोड नेपाली बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ ।’

त्यस्तै १५ जिल्लाका दुई लाख७१ हजार छ सय ४० गरिब परिवारको अन्तिम सूचि स्वीकृत गर्ने पनि निर्णय भएको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘राष्ट्रिय परिचयपत्रवितरण निर्देशिका २०७५को दफा १५ को उपदफा २ बमोजिक १५ जिल्लाकादुई लाख७१ हजार छ सय ४० गरिब परिवारको अन्तिम सूचि स्वीकृत गर्ने ।’