२४ असार २०८३, बुधबार

रामबहादुर बम्जनसँग ३ लाख धरौटी माग

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । रामबहादुर बम्जनलाई व्यक्ति बेपत्ता पार्ने कसुरमा जिल्ला अदालत सिन्धुपाल्चोकले तीन लाख रुपैयाँ धरौटी माग गरेको छ ।

वीरबहादुर रुम्बाले आफ्नी छोरी फूलमाया रुम्बालाई बेपत्ता पारेको भन्दै प्रहरीमा जाहेरी दिनु भएको थियो । न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले बम्जनसँग ३ लाख धरौटी माग गर्ने आदेश गरेको हो ।

अदालतले धरौटी माग गरेपनि बम्जन रिहा भने हुनुहुने छैन । यसअघि बम्जनलाई सर्लाही जिल्ला अदालतले असार १७ गते बाल यौन दुरुपयोगको मुद्दामा १० वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।

अब बम्जनलाई नुवाकोट र जाहेरी रहेको अन्य अदालतमा क्रमशः पेस गरिने छ ।