
काठमाडौं, १४ साउन । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको नाम अस्वीकृत भएको छ ।
संसदीय सुनुवाइ समितिले उहाँको नाम सर्वसम्मतीले अस्वीकृत गरेको हो। त्यसअघि प्रधानले आजै नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिनु भएको थियो ।
‘प्रस्तावित व्यक्ति स्वयंबाट नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेकोले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम (५) बमोजिम उक्त पदमा नियुक्तिका लागि निजको नाम सर्वसम्मतिबाट अस्वीकृत गर्ने निर्णय गरियो,’ समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।








प्रतिक्रिया