२१ जेष्ठ २०८३, बिहिबार

गोरखा धार्चेको पहिरोमा बेपत्ता चार जनाको शव भेटियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १४ साउन । उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ सिङ्लास्थित रेसेफाँटमा पहिरोमा परी बेपत्ता भएका चार जनाको शव फेला परेको छ ।

सोमबार नेपाली सेनासहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा भएको खोजी कार्यमा चार जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ ।

शनिवार राति भीषण पहिरामा पाँच जना बेपत्ता हुनु भएको थियो । बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको थियो ।