३ श्रावण २०८३, आइतबार

ठूला दुई दलको मिलन, खतराको घण्टी : रवि लामिछाने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दुई दलको मिलन खतराको घण्टी भएको टिप्पणी गर्नु भएको छ ।

सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उहाँले ठूला दुई दलको मिलन खतराको घण्टी रहेको भन्दै वर्तमान सरकारले भ्रष्टाचारका फाईलहरु खोल्न नपाउँदै ढाकछोप गरेर बन्द गर्ने प्रयास गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले भन्दै आएको दुई ठूलो दलको यो मिलन खतराको घण्टी हो । हिजो कुरा चल्यो फाईल तिमिहरुले होईन हामीले खोलेका हौं भनेर । अझ काण्ड पनि हामीहरुले नै गरेका हौं भनिदिएको भएपनि राम्रो हुने थियो । फाईल तपाईहरु नै खोल्नु भएको तर बन्द नहुँदै जिउँदै फाईल गाड्ने प्रयास गर्नुभयो जुन फाईलमा प्राण थियो ।’

उहाँले संसदमा पछिल्लो सरकार बनेपछिको अभिव्यक्तिबाट दुई ठूला दलको नयाँदलको रास्वपालाई सिध्याउने लक्ष्य रहेको पनि आरोप लगाउनुभयो ।