
काठमाडौं, १४ साउन । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कुसुम थापामगरको एकल उम्मेदवारी दर्ता परेको छ ।
संसदीय समितिअन्तर्गतको उक्त समितिको सभापतिका लागि सांसद थापामगरको प्रस्तावकमा कांग्रेस सांसद बीरबहादुर बलायर र समर्थकमा एमाले सांसद सूर्यप्रसाद ढकाल रहनु भएको छ ।
यसअघि समिति सभापति रहेकी डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति पद खाली भएको थियो । एकल रुपमा उम्मेदवारी परेपछि सांसद थापा निर्विरोध सभापति चयन हुनुभएको थियो ।
कांग्रेसको समानुपातिक सांसद रहेकी थापा पार्टी महामन्त्री गगन थापा निकट नेतृ हुनुहुन्छ ।









प्रतिक्रिया