१६ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीसहित नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान गर्दागर्दै पुष्कर खतिवडा पक्राउ

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । सामाजिक सञ्जालमा चर्चित ज्योतिषी तथा धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ पर्नुभएको छ ।

उहाँलाई प्रहरीले आज निवासबाटै पक्राउ गरेको हो । उहाँ अनुष्ठान गर्दागर्दै पक्राउ पर्नुभएको हो । उहाँले देश बिगारेको भन्दै प्रधानमन्त्री र नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान गरिरहेको बेला प्रहरीले पक्राउ गरेको हो । उहाँले केही दिनअघि नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै भिडिओ पोष्ट गर्नु भएको थियो ।

‘मलाई धेरैले गाली गर्नुहोला । नराम्रो भन्नुहोला । नकारात्मक कमेन्ट गर्नुहोला । तर, मलाई यसले खासै फरक पर्दैन । अब अति नै भइसकेको छ । श्रावणको सोमबार मेरो नित्य साधनाको समयमा, यो देशलाई खाल्डामा हाल्ने नेताहरू जति छन्, उनीहरूको फोटो हारसहित राखेर यमराजको मूर्ति निर्माण गरेर वा फोटो राखेर उनीहरूको मृत्यूको लागि यमराजको पूजा गर्ने निर्णय गरेको छु । तपाईंहरू पनि यो पूजामा सहभागी भएर उनीहरूलाई तीलाञ्जली वा तर्पण दिन चाहनुहुन्छ भने यो महान कार्यमा सहभागी भइदिनु होला । गाली गर्नेलाई यो कमेन्ट बक्स खुला छ,’ उहाँले लेख्नुभएको थियो ।

यस्तै उहाँले प्रहरीले पक्रा गरेपछि पनि आफैँले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौं देश बनोस् ।’