७ असार २०८३, आइतबार

आयुक्तमा प्रधानलाई अनुमोदन गर्न नसकिने काँग्रेस र एमालेको निष्कर्ष, प्रधानले फिर्ता लिए नाम

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई आयुक्तमा संसदीय सुनुवाई समितिबाट अनुमोदन गर्न नसकिने निष्कर्षमा नेपाली कांग्रेस र नेकपा एमाले पुगेका छन् ।

कांग्रेस र एमालेको छुट्टाछुट्टै छलफलपछि बसेको संयुक्त बैठकले प्रधानलाई अनुमोदन गर्न नसकिने निष्कर्ष निकालेको हो । काँग्रेस–एमालेले प्रधानलाई अनुमोदन गर्न नसकिने निष्कर्ष निकाले लगत्तै प्रधानले आफ्नो नाम फिर्ता लिनुभएको छ ।

प्रधानबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बोलाइएको थियो। तर, कुनै पनि सांसद आफ्नो पक्षमा नदेखिएपछि प्रधानले ‘बरु म आफैँ नाम फिर्ता लिन्छु, अस्वीकृत नगरिदिनुहोस्’ भनी अनुरोध गर्नु भएको थियो । त्यसपछि समितिको बैठक साँझ ५ बजे तोकिएको थियो।