
काठमाडौं, १४ साउन । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त हुनुभएको छ ।
सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहनुभएका पौडेललाई सोमबारदेखि लागू हुनेगरी प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको छ ।
यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा डा. गुणकर भट्ट हुनुहुन्थ्यो ।








प्रतिक्रिया