१७ असार २०८३, बुधबार

संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सकियो, अर्को बैठक बिहीबार बस्ने

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ ।

सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठक आगामी बिहीबार बस्नेगरी सकिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा कार्यदलका सदस्य नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा सहभागी हुनुहुन्थ्यो ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, महान्याधिवक्ता रमेश बडाललगायतको पनि सहभागिता थियो ।

बैठकपछि कार्यदल सदस्य बर्तौलाले आगामी बिहीबार फेरि बैठक बस्नेगरी आजको बैठक सकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मूल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको छ । त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरुलाई पनि एकीकृत गर्ने कुरा भएको छ । सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बस्छौँ ।’

अहिलेसम्म भएका छलफलको मस्यौदा तयार पारेर त्यसमाथि आगामी दिनमा छलफल केन्द्रीत गर्ने उहाँको भनाइ छ ।

यसअघि शुक्रबार पनि गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल भएको थियो ।