२३ जेष्ठ २०८३, शनिबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

16.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ४ सय रूपैयाँले बढेको हो । आइतबार प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४ सय रुपैयाँले बढेर १ लाख ४६ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ४ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले बढेर १ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।