२९ असार २०८३, सोमबार

पोखरामा स्कुल बस दुर्घटना : सहचालकको मृत्यु (अपडेट)

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । पोखरा महानगरपालिका वडा नम्बर २१ को फुर्सेखोलामा भएको स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बसका सहचालक आरती विकको मृत्यु भएको पोखरा-२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

सोमबार बिहान एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको ग १ क ६२१९ नम्बरको बस फुर्सेखोलाको घुम्तीमा सडकबाट करिब ६० मिटर तल खसेको थियो ।

बसमा २२ जना विद्यार्थी, एक चालक र एक सहचालक गरी कुल २४ जना सवार थिए । उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।