
फापरबारी, १४ साउन । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ पाँचपाण्डवमा स्कार्पियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
सोमबार बिहान मदन भण्डारी राजमार्गअन्तर्गत मकवानपुर-सिन्धुली जोड्ने बागमती पुल नजिकै उदयपुरबाट हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश बी एडी ७३४६ नम्बरको स्कार्पियो दुर्घटना भएको हो ।
बागमती पुल नजिक स्कार्पियो अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्कार्पियोमा पाँच जना सवार मध्य चालक उदयपुर जिल्ला कटारी नगरपालिका-४ निवासी ३६ वर्षीय दीपक परियार, सोही नगरपालिकाका ५३ वर्षीय राजिव थापा, ४७ वर्षीया पुष्पा थापा र मोरङ विराटनगर-१६ का ६८ वर्षीय हरि थापा सामान्य घाइते हुनुभएको छ भने मोरङ विराटनगर-१६ की ६५ वर्षीया लक्ष्मी थापा गम्भीर घाइते हुनुभएको छ ।
घाइतेहरुलाई स्थानीय सान्भी पोलिक्लिनिक मेडिकलमा सामान्य उपचारपश्चात थप उपचारका लागि हेटौंडा पठाइएको इलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ ।








प्रतिक्रिया