
काठमाडौं, १४ साउन । संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक सुरु भएको छ ।
बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
यसअघि शुक्रबार बसेको कार्यदलको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि रहेका असहमतिमा सैद्धान्तिक सहमति भएको बताइएको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी रहनुभएको छ ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको र सरोकारवालासँग छलफल गरेपाची आज अन्तिम रुप दिन बैठक बसेको बताइएको छ ।









प्रतिक्रिया