१ श्रावण २०८३, शुक्रबार

जाजरकोटको भेरीमा भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १४ साउन । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ ।

गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको संकट परेको हो ।

रिम्नावासी भावना रानाले भन्नुभयो, ‘अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ ।’

भेरी–१ रिम्नास्थित दिलमाया रानाले धारामा पानी आउन छाडेको करिब नौ महिना बितेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो दुःख बुझ्ने कोही भएनन् ।’