२७ जेष्ठ २०८३, बुधबार

आज कुन विदेशी मुद्राको मूल्य कति ?

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छ ।

राष्ट्र बैंककाअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ । अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो । हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ११ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८० पैसा निर्धारण भएको छ । हिजो युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ११ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा थियो ।

त्यसैगरी, आजको लागि बेलायती पाउण्ड १ को खरिददर १७२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । हिजो बेलायती पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा थियो ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०५ पैसा थियो ।

त्यसैगरी, आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ ।