१९ असार २०८३, शुक्रबार

कञ्चनरुपका मेयरद्वारा पालतु कुकुरको हिन्दु परम्पराअनुसार अन्त्येष्टि

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १४ साउन । सप्तरीको कञ्चनरुप नगरपालिकाका मेयर ललनप्रसाद गुप्ताले आफ्नो घरपालुवा कुकुरको मृत्युपछि हिन्दु परम्पराअनुसार अन्त्येष्टि संस्कार गर्नुभएको छ ।

घरमा पालेको कुकुर मरेपछि उहाँले मानिस मर्दा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरेर कुकुरप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

गुप्ता परिवारले ७ वर्षदेखि पालेका दुई कुकुरमध्ये एक, क्विटी (छाउडी) नामक कुकुरको आइतबार मृत्यु भएको थियो । मेयर गुप्ताले कुकुरको उपचारका लागि करिब १५ हजार रुपैयाँ खर्च गरे पनि उपचार सफल हुन सकेन ।

कुकुरको मृत्युपछि मेयर गुप्ताले कोशी नदीको किनारमा हिन्दु रीतिरिवाजअनुसार अन्त्येष्टि गर्नुभयो ।

उहाँले आफ्नो परिवारका अन्य सदस्य जस्तै कुकुरलाई माया गर्ने गरेको र यसको मृत्युले परिवारलाई शोकमा डुबाएको बताउनुभयो । कुकुरको मृत्युमा गुप्ता परिवारले तीन दिनसम्म घरमा खाना नपकाउने निर्णय गरेको छ ।

गुप्ता परिवारले यो कार्यमार्फत जनावरप्रति मानवीय व्यवहार गर्नुपर्ने सन्देश दिन खोजेको स्थानीयले बताएका छन् ।