१९ असार २०८३, शुक्रबार

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालिकोट, १४ साउन । पहिरोका कारणले अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

आइतबार पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको हो । राजमार्ग प्रहरी र स्थानीयको पहलमा आइतबार बिहान पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताउनुभयो ।

कर्णाली करिडोरअन्तर्गत कालिकोटका नरहरिनाथ गाउँपालिका–१ मोरा गाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अहिले खुलाउने प्रयास भइरहेको प्रहरी प्रमुख केसीले बताउनुभयो ।