३ असार २०८३, बुधबार

अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले गरे मन्त्रीलाई बर्खास्त

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम, १४ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गर्नुभएको छ ।

मन्त्री थापाले सरकारको नीति विपरीत काम गर्नुभएको उल्लेख गर्दै मुख्यमन्त्री सोडारीले उहाँलाई बर्खास्त गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले जानकारी दिनुभयो । जोशीले भन्नुभयो, ‘प्रतिपक्षीले माग गरेको विशेष अधिवेशनमा नजाने सरकारको नीति थियो, उहाँ सरकारको नीति विपरीत विशेष अधिवेशनको बैठकमा सहभागी हुनुभएकाले मुख्यमन्त्रीले मन्त्री थापालाई बर्खास्तमा गर्नु भएको हो ।’

नेपाली कांग्रेस र नेकपा एमाले (एमाले)को माग बमोजिम प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (३)अनुसार आह्वान गर्नुभएको प्रदेश सभाको अधिवेशन यही साउन ८ गतेबाट जारी छ । अधिवेशनअन्तर्गत पहिलो बैठक र आइतबारको दोस्रो बैठकमा मन्त्री थापा उपस्थित हुनुभएको थियो । बर्खास्तमा पर्नुभएकी मन्त्री थापा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य हुनुहुन्छ ।

प्रदेश सरकारबाट नेकपा (एमाले) बारिएसँगै असार २० गतेदेखि मुख्यमन्त्री सोडारी अल्पमतमा हुनुहुन्छ । उहाँले संविधानमा भएको व्यवस्था बमोजिम यही साउन १८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ ।