
काठमाडौं, १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूको ब्रिफिङ लिनुभएको छ ।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा प्रधानमन्त्री ओलीले ब्रिफिङ लिनुभएको र आवश्यक निर्देशन भने मंगलबार दिने निर्णय भएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको वर्तमान मन्त्रालयको अवस्था कस्तो छ र आगामी रणनीति के हो त ? त्यो बुझ्नका लागि प्रधानमन्त्रीज्यूले आज सबै मन्त्री र सचिवहरुलाई बोलाउनु भएको थियो । सबै मन्त्रालयको ब्रिफिङ सुन्नुभयो । र त्यसको निर्देशन चाँही मंगलबार दिनुहुन्छ ।’
उहाँले मन्त्रालयहरुले आफ्ना समस्या, ऐन र भावी रणनीति के हुने भन्ने कुराहरु राखेको पनि जानकारी दिनुभयो ।









प्रतिक्रिया