२९ जेष्ठ २०८३, शुक्रबार

भारतलाई हराउँदै श्रीलंकाले जित्यो महिला एसिया कपको उपाधि

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । श्रीलंकाले महिला एसिया कप टी-२० क्रिकेटको उपाधि जितेको छ ।

श्रीलंकाले फाइनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० महिला एसया कपको उपाधि जितेको हो । भारतले दिएको १६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

श्रीलंकाका लागि हर्शिथा समाराविक्रमाले सर्वाधिक ६९ रन बनाएकी थिइन् भने कप्तान चामारी अट्टापट्टूले ६१ रन बनाएकी थिइन् ।

त्यस्तै, कभिशा दिलहरिले अविजित ३० रन बनाएकी थिइन् । यसअघि पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।