२६ जेष्ठ २०८३, मंगलबार

शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका डीआइजी केसीको सरूवामा रास्वपाले उठायो प्रश्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले एउटा अब्बल राष्ट्र सेवक कर्मचारीलाई थाहै नदिएर सरुवा गर्न नहुने बताउनु भएको छ ।

आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले विशेष ब्यूरोमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआइजी) मनोज केसीलाई यो सरकारले कसरी सरुवा गरेको भनेर प्रश्न गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘विश्वासको मत लिएको दुई दिनभित्र कसरी डीआइजी मनोज केसीलाई सरुवा गरियो ? दुई दिनभित्रमा किन र के कारण, के उदेश्यका लागी सरुवा गरिएको हो । यसको उत्तर गृहमन्त्रीले दिनुपर्ने हुन्छ ।’

साथै उहाँले यो गठबन्धन कुन उदेश्यले बनेको हो भनेर समेत प्रश्न गर्नुभयो । उहाँले नयाँ गठबन्धन बन्दै गर्दा अनुसन्धानको घेराभित्र रहेर अनुसन्धान हुनुपर्नेलाई मन्त्री बनाएर पुरस्कृत गरिएको टिप्पणी गर्नुभयो ।

उहाँले मानव बेचबिखन र हातहतियार सम्बन्धी मुद्दा खेपेकाहरुलाई मन्त्री बनाएको आरोप लगाउनु भएको हो । डीआईजी मनोज केसीको विशेष सक्रियतामा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न बेचन झा र प्रतीक थापालाई पक्राउ गरिएको थियो ।