
काठमाडौं, १३ साउन । गृहमन्त्री रमेश लेखकले कारागार लगायत गृह मन्त्रालय अन्तरगतका निकायहरुको भौतिक संरचनामा सुधार गर्न आवश्यक रहेको बताउनु भएको छ ।
आज (आइतबार) सिहदरबारमा बसेको कानून समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘समितिमा उठेका कुरा सबै ठिकै छन् । तर भौतिक संरचनाको कुरा सबै भन्दा राम्रो छ । र यसलाई हामीले सुधार गर्नु आवश्यक छ । स्वास्थ्य र सरसफाइको कुरामा पनि सरकारले गम्भीर तरिकाले सोचेको छ । भौतिक संरचना जीर्ण छन्, कम छन्, ठाउँ कम छ । बढी संख्यामा कैदिबन्दी राख्नुपर्ने स्थिति छ । त्यही भएर स्वस्थ्य र सरसफाइको समस्या स्वतःउत्पन्न हुने भएकाले त्यसमा काम गर्नुपर्छ ।’
साथै लेखकले सुरक्षा व्यवस्थाको कुरापनि गम्भीर भएर ध्यान दिनुपर्ने जिकिर गर्नुभयो । उहाँले सवारी साधनबाट लिएरपुस्तकालयसम्मको कुरामापनि सरकारलाई ध्यानाकर्षण गरिने जानकारी दिनुभयो । साथै उहाँले अहिलेको समयमा अपराधका घटनाहरु धेरै बढेको बताउनुभयो । जबरजस्ती करणी, लागुऔषध तथा कर्तव्य ज्यान मुद्दाको अपराधहरु बढ्दै गएको उहाँको भनाइ छ ।








प्रतिक्रिया